रास्वपा उम्मेदवार मिलन लिम्बुले रवि लामिछानेसँगै बजाए घण्टी

रास्वपा उम्मेदवार मिलन लिम्बुले रवि लामिछानेसँगै बजाए घण्टी

केन्द्रबिन्दु
140
Shares

वैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको छ । शनिबार गृहमन्त्री एवं सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू इलाम पुगेर लिम्बुलाई उम्मेदवार घोषणा गरेका हुन् ।

उम्मेदवार घोषणापछि सभापति लामिछानेले लिम्बूलाई घन्टी हस्तान्तरण गरी शुभकामना दिएका थिए। साथै सँगै घन्टी बजाएका थिए । उम्मेदवारी घोषणा कार्यक्रमका लागि सभापति लामिछानेसहित उपसभापति स्वर्णिम वाग्ले, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी इलाम पुगेका थिए।

रास्वपाले इलाम–२ मा प्रारम्भिक निर्वाचन गर्दै पत्रकारसमेत रहेका लिम्बूलाई उम्मेदवार चयन गरेको हो । रास्वपामा प्रारम्भिक निर्वाचनका माध्यमबाट उम्मेदवार छनोट हुने प्रावधान छ । त्यसबमोजिम प्रारम्भिक निर्वाचनका लागि ६ जनाको दरखास्त परेको थियो । तर, लिम्बूलाई समर्थन गर्दै पाँचजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि लिम्बू सर्वसम्मत उम्मेदवार बनेका हुन् । जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिवसमेत रहेका उनी कट्टर पहिचानवादीका रूपमा चिनिन्छन् । उनी पहिचानवादीका साझा उम्मेदवार बन्न चाहन्थे । कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलनरत समूहहरूले साझा उम्मेदवार उभ्याउने भनेपछि त्यसका लागि प्रयास गरे पनि उनी असफल भए । पहिचानवादीका तर्फबाट टिकट नपाएपछि लिम्बूले स्वतन्त्र उम्मेदवारी पनि घोषणा गरेका थिए । तर, त्यसमाा रास्वपाले बाजी मारेको हो ।

Logo