बागमतीमा एमालेका थपलिया बने आर्थिक मामिलामन्त्री

बागमतीमा एमालेका थपलिया बने आर्थिक मामिलामन्त्री

केन्द्रबिन्दु
168
Shares

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमालेका जगन्नाथ थपलियालाई आर्थिक मामिलामन्त्रीमा नियुक्त गरेका छन् ।

एमालेको तर्फबाट संसदीय दलका नेतासमेत रहेका जगन्नाथ थपलियाले शनिबार आर्थिक मामिला तथा विकासमन्त्रीको शपथग्रहण गरेका छन् । यसअघि २०७९ पुस २६ मा पनि उनी आर्थिक मामिलामन्त्री नै बनेका थिए । तर, माओवादीले एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन बनाएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टीका शैलेन्द्र बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारीमन्त्री नियुक्त गरेका थिए।

२३ फागुनमा तत्कालीन सत्तासाझेदार दल कांग्रेस सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको साथ लिएर १९ गते विश्वासको मत लिने तयारी गरेका छन्।

Logo