काँग्रेस बैठक असार २२ मा हुने

काँग्रेस बैठक असार २२ मा हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

नेपाली काँग्रेसले असार २२ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा भ्रातृ सङ्गठनको विधानका विषयमा छलफल गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समिति विघटन भएको झण्डै पाँच महिना भएको छ भने तरुण दलले पनि पूर्णता पाउन सकेको छैन ।

काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा मुख्य गरी चारवटा विषयमा छलफल हुने जानकारी दिनुभयो । बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत पार्टीको नियमावली, राष्ट्रिय जागरण अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रमको समीक्षा, भातृ एवं शुभेच्छुक संस्थाको विधान सम्बन्धमा र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

Logo