अर्को मिती पनि नतोकी नेकपाको बैठक स्थगित

अर्को मिती पनि नतोकी नेकपाको बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ। अर्को बैठकको समय पनि नतोकी बालुवाटारमा शनिबार सुरु भएको बैठक स्थगित भएको हो।

गतवर्ष नै पार्टी एकता भएपनि सचिवालयले संगठनको एकताको काम भने टुंग्याउन सकेको छैन । जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोक्ने विषयको विवाद पछिल्लो समय झन पेचिलो बन्दै गइरहेको छ। यसमा दोहोरो जिम्मेवारीमा दिने कि नदिने भन्नेमा विवाद छ।

माधव नेपाल पक्षका नेताहरुले दोहोरो जिम्मेवारी नदिने पक्षमा छन् भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा नेताहरु दोहोरो जिम्मेवारी दिने पक्षमा रहेपछि विवाद वढ्दै गएको छ ।

Skip This
Skip This
Logo