हर्क साम्पाङले प्रधानमन्त्रीलाई भेटेलगत्तै किन गरे एकल विरोध प्रदर्शन ? [भिडियाेसहित]

हर्क साम्पाङले प्रधानमन्त्रीलाई भेटेलगत्तै किन गरे एकल विरोध प्रदर्शन ? [भिडियाेसहित]

केन्द्रबिन्दु
168
Shares

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०८४ को आम निर्वाचनअघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर्न माग गरेका छन्। हाल काठमाडौंमा रहेका मेयर हर्कले काठमाडौँमा एकल प्रदर्शन गर्दै २०८४ को आम निर्वाचनअघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर्न माग गरेका हुन्।

उनले ‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर’ लेखिएको प्लेकार्ड बोकेर एकल प्रदर्शन गरेका थिए।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर खानेपानी, विमानस्थल, राजमार्ग ल्यान्डफिल साइट, उद्योगलगायतका माग राखेका उनले दिउँसो भने एकल प्रदर्शनमा उत्रिएका हुन् । तर, उनले काठमाडौंको कुन ठाउँमा प्रदर्शन गरेका हुन् खुलाएका छैनन्। नेपालमा कहिले व्यापक बहसमा आउने अनि फेरि खासै चर्चा नहुने ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ नेतृत्वको शासकीय प्रणालीबारे पुनः एकपटक विभिन्न कोणबाट टिप्पणीहरू भइरहेका छन्। यद्यपि औपचारिक रूपमा कहिल्यै पनि त्यो विषयलाई अघि बढाएको देखिएको छैन। मेयर हर्क साम्पाङ स्वतन्त्र रुपमा उदाएका हुन् । त्यसकारण पनि उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाको माग गरेका छन् ।

यसअघि मेयर हर्क साम्पाङले उपप्रधान तथा गृहमन्त्री, अर्थमन्त्री, खानेपानीमन्त्री र शिक्षामन्त्रीलगायतलाई भेट गरेर धरानका समस्याको बारेमा अवगत गराउदै बजेटमा व्यवस्था गर्न माग गरेका छन्।

Logo