गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिए राजीनामा

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिए राजीनामा

केन्द्रबिन्दु
126
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । बुधबार उनले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।

विश्वासको मत लिन नसक्ने भएपछि बुधबार बिहान मन्त्रिपरिषद् बैठक राखेर पाण्डेले राजीनामा दिने निर्णय गरेका थिए । मुख्यमन्त्री पाण्डेले राजीनामा दिएर नयाँ सरकार बनाउने दाबी गर्ने रणनीति बनाएका छन् । उनी पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने रणनीतिमा लागेका हुन् ।

६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन् । गण्डकीमा बहुमतका लागि ३१ सिट आवश्यक रहेको छ । अहिलेको समिकरणमा राप्रपा, स्वतन्त्र सांसद दिपक मनाङेको मत पाएर पनि बहुमत पुग्दैन ।

Logo