फिल्मी शैलीमा हेलिकप्टरमा जन्ती जाने संस्कृतिको अन्त्यको माग

फिल्मी शैलीमा हेलिकप्टरमा जन्ती जाने संस्कृतिको अन्त्यको माग

केन्द्रबिन्दु
126
Shares

काठमाडौ्ं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले विवाह समारोहको विकृतिदेखि सडक, स्वास्थ्य, शिक्षा, कृषि र किसानका समस्यालगायत जनसरोकारसँग जोडिएका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद मनिष झाले तराई-मधेससहित देशका विभिन्न स्थानमा वैवाहिक समारोह संस्कृतिभन्दा पनि तडकभडक विकृत संस्कृतिका रुपमा विकास भइरहेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले फिल्मी शैलीमा हेलिकप्टरमा जन्ती लैजाने गतिविधिले सामाजिक रुपमा आर्थिक दायित्व बढ्नुका साथै गाउँ बस्तीमा हेलिकप्टरको हावाले घरहरुमा क्षति पुर्‍याउने गरेको बताए ।

उनले विवाहका नाममा हल्दी, मेहन्दीजस्ता गतिविधिले दुलहीको माइतीमा आर्थिक दायित्व बढ्ने गरेको, गाउँबस्तीमा हेलिप्याड पनि नहुने भएकाले उडान सुरक्षामा समेत चुनौती थपिएकाले यसप्रकारका गतिविधिलाई तत्काल रोक्न आग्रह गरे ।

Logo