काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिपक्षी दललाई हेपेको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै संसदीय दलका नेता शेर बहादुर देउवाले प्रतिपक्षी दललाई सरकारले हेप्ने गरेको बताए ।
उनले सरकारले विपक्षी दलमाथि बलमिच्याई गर्दै अघि बढेको भन्दै त्यो कुनै पनि अवस्थामा आफुहरुलाई स्वीकार्य नहुने चेतावनी दिए । विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री सदनमा उपस्थिति हुनुपर्ने भन्दै उनले सरकारले प्रतिपक्षी दललाई सधै हेप्ने गरेको आरोप लगाए । उनले भने, “प्रधानमन्त्री बोल्दा पनि विपक्षी नेता उपस्थित हुनुपर्छ । विपक्षी नेता बोल्दाखेरी प्रधानमन्त्री आउनै पर्छ । तर यहाँ उनले जहिले पनि हेप्ने काम गरेका छन् ।”
उनले मंगलबार संसदमा विपक्षी दलका नेतालाई बोल्न नदिएको सरकारले विपक्षी दलमाथि बलमिच्याई गरेको आरोप लगाए । उनले भने, “हिजो मैले पहिले समय मागिसकेको थिएँ । प्रतिपक्षी दलले बोलिसकेपछि उहाँले जवाफ दिन पाउनुहुन्थ्यो । मेरो जवाफ दिन पाउनुहुन्थ्यो । यहाँ चाहि उल्टो भएको छ । संसारमा पहिले विपक्षीले बोल्छ अनि प्रधानमन्त्रीले बोल्ने हो । संसार भरि नै जवाफ दिने हो प्रधानमन्त्रीले । बोल्न विपक्षीले हो । तर यहाँ ठिक उल्टा । जबर्जस्ती गर्नु उपयुक्त हुन्छ ? सत्तापक्षले बोल्नुपर्ने विपक्षी बोल्न नपाउने ? यस्तो डेमोक्रेशी हुन्छ ? बल मिच्याई चल्दैन यो । हामी कुनै हालतमा मान्यवाला छैनौ ?
कांग्रेस नेतृत्वको सरकारमा प्रतिपक्षीमा बसेर ४८ दिन सम्म लगातार संसद अरुद्ध गरेको स्मरण गराउदै उनले आफुहरुले बोल्नका लागि मात्रै समय माग गरेको बताए । उनले भने, “शेर बहादुरले माग्यो मैले दिनुपर्ने भन्ने । मैले माग्दैमा डराईहाल्नुपर्ने । मैले त अरु पनि मागेको छु ।”
उनले संसदीय प्रक्रियामा प्रवेश गरिसकेको विधेयकलाई संसद बाहिर गएर फिर्ता लिने काम गरको भन्दै आपत्ती जनाए । उनले भने, “संसद चलेको बेला संसदमा दर्ता भएको विधेयक बाहिर फिर्ता लिन मिल्छ कहाँको संसदीय परम्परा हो ? संसदबाट फिर्ता लिनुपर्छ ।”
उनले मडिया काउन्सिल विधेयक, सूचना विधेयक, मानवअधिकार आयोग लगायतका संविधान विरोधी विधेयक कुनै पनि हालतमा संसदबाट पास हुन नदिने चेतावनी दिए ।
उनले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक प्रजातन्त्र माथिको आक्रमण भएको टिप्पणी गरे । मिडियालाई त्रर्साउने, धम्काउने गरि सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा पास गर्न नदिने बताए । प्रजातन्त्र र बहुदलिय व्यवस्था माथिको आक्रमण आफुहरुलाई स्वीकार्य नहुने भन्दै उनले सरकारले दबाउन खोजे सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
राष्ट्रिय सुरक्षा परिषद् विधेयकमा आफुले सेना परिचालन गर्न पाउने गरि व्यवस्था गरिएको भन्दै उनले प्रधानमन्त्रीले मातहतका निकायमाथि विश्वास गर्न नसकेको टिप्पणी गरे । उनले प्रधानमन्त्रीको विदेश भ्रमण असफल भएको दाबी गरे ।































प्रतिक्रिया