लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिए राजीनामा

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिए राजीनामा

केन्द्रबिन्दु
84
Shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । आज विश्वासको मत लिने तयारीका बीच मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउने सम्भावना नदेखेपछि प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका हुन् ।

‘मैले प्रदेश सभामा राजीनामाको घोषणा गरेको छु,’ बैठकमा सम्बोधन गर्दै उनले भने।

फेरिएको सत्ता समिकरणमा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि चौधरी नेतृत्वको सरकार अल्पमतमा थियो।

प्रदेशसभामा ८७ सदस्य छन् । राप्रपाबाट निर्वाचित कपिलवस्तुका सांसद जानकीप्रसाद यादव निलम्बित छन् । एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी, राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी र जनमतका ३-३ जना सांसद छन् । त्यस्तै, जनमोर्चा, नेकपा एस र स्वतन्त्र १-१ जना सांसद छन् । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

Logo