देउवाको प्रश्न, ‘प्रधानमन्त्रीले पहिला बोलिसकेपछि मैले के बोल्ने ?’

देउवाको प्रश्न, ‘प्रधानमन्त्रीले पहिला बोलिसकेपछि मैले के बोल्ने ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले संसदमा सधै विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै संसदमा बोल्नका लागि पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्रीले बोल्ने नभई जवाफ दिने हो भन्दै अन्तर्राष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दाबी गरे । उनले भने, “प्रधानमन्त्रीले बोल्ने होइन । जवाफ दिने हो । पहिले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज । जहाँपनि विपक्षीले पहिले बोल्ने हो । जवाफ प्रधानमन्त्रीले दिने हो । सुरुमा कहाँ बोल्छन् ?”

संसदमा रमिताः लौरो टेक्ने सांसददेखि प्रधानमन्त्रीको घोसेमुन्टोसम्म

कांग्रेसको नाराबाजीपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित

Logo