काठमाडौं । नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले माक्सवाद अरू विचारभन्दा अग्रगामी रहेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित ‘ब्रम्हवाद, शून्यवाद र मार्कसवाद’ पुस्तकको विमोचन कार्यक्रममा उनले माक्सवादी विचारले समाज बदल्नुपर्छ, व्यक्ति मात्रै राम्रो भएर वा एउटा शासक मात्र राम्रो भएर समाज परिवर्तन नहुने उल्लेख गरेको बताए।
पुस्तकका बारेमा चर्चा गर्दै नेता ज्ञवालीले तुल्सीलालले नेपाली समाजलाई धेरै नै गहिरो गरि प्रभाव पारेका चिन्तन धाराहरु जसरी संयोजन गरेर विश्लेषण गरिएको बताए।
‘विभिन्न धारामा प्रभावित भएका व्यक्तिहरुलाई पनि नेपाली समाजको सकारात्मक रुपान्तरणमा कसरी लगाउन सकिन्छ । भन्ने कुरालाई आन्दोलनसँग जोडेर पनि यो पुस्तकमा उल्लेख गरिएको छ,’ उनले भने।





























प्रतिक्रिया