राजनीति ओढ्ने ओछ्याउने व्यवसाय जस्तो भयो : अध्यक्ष लिङदेन

राजनीति ओढ्ने ओछ्याउने व्यवसाय जस्तो भयो : अध्यक्ष लिङदेन

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजनीतिलाई ओढ्ने ओछ्याउने व्यवसाय जस्तो भएको बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले जनीतिलाई ओढ्ने ओछ्याउने व्यवसाय जस्तो भएको बताएका हुन्।

उनले भने, ‘राजनीति लेखपढले मात्र हुँदैन, राजनीति अहिले पछिल्लो दिनमा एक प्रकारले विकृत जस्तो भएको छ । राजनीतिलाई मान्छेहरूले, राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो, छोराछोरी पाल्ने पेसा जस्तो मानिराखेको बेलामा राजनीति भन्ने बित्तिकै मान्छे डराउन बेलामा गंगादेवी त्यस्तो नाम हो, जसले राजनीतिलाई पेसा नभई सेवाको रूपमा अवलम्बन गर्नुभयो ।’

Skip This
Skip This
Logo