एमाले नवलपुर अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित

एमाले नवलपुर अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित

केन्द्रबिन्दु
112
Shares

त्रिवेणी (नवलपरासी। नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित भएका छन्। एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १ सय तीन जना सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरिएका हुन्। सोमबारदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशन बिहीबार राति सर्वसम्मत रूपमा जिल्ला कमिटी चयन गर्दै टुङ्गिएको हो।

नवनिर्वाचित कमिटीको उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीमलाल कँडेल, उपसचिवमा षडानन्द लामिछाने, महिला उपसचिवमा कल्पना देवकोटा छन्। कमिटीमा दुई सदस्य पछि मनोनयन गरिने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत रमेश काफ्लेले बताए।

Logo