काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ मा प्रतिनिधि सभाले गरेको संशोधनलाई सहमति प्रदान गरेको छ।
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले प्रस्तुत गर्नुभएको सो विधेयकमाथि सांसदहरु विष्णुकमारी सापकोटा, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, भुवनबहादुर सुनुवारले धारणा राखेका थिए।
सांसदले उठाएका प्रश्नको जवाफमा मन्त्री साहले खाद्य पदार्थमा स्वच्छता कायम गर्नैपर्ने र त्यसका लागि आवश्यक कानुनी प्रबन्ध गरिएको बताए।
राष्ट्रिय सभाको अर्को बैठक आगामी वैशाख ४ गते दिउँसो १:१५ बजे बस्नेछ।





























प्रतिक्रिया