सुदूरपश्चिममा कांग्रेसले नाउपाका लक्ष्मणकिशोरलाई समर्थन गर्ने

सुदूरपश्चिममा कांग्रेसले नाउपाका लक्ष्मणकिशोरलाई समर्थन गर्ने

केन्द्रबिन्दु
27
Shares

धनगढी। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ।

सुदूरपश्चिमको कामचलाउ सरकारका मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा सोमबार बिहान बसेको संसदीय दलको बैठकले यस्ताे निर्णय गरेको हो।

कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले नाउपाका लक्ष्मण किशोरलाई समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार कांग्रेसले यसअघि कुनै पनि दललाई समर्थन नगर्ने निर्णय लिएको थियो।

कांग्रेस–नेकपा एकीकृत समाजवादीको समर्थनमा लक्ष्मणकिशोरले आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन्।आइतबार नै लक्ष्मणकिशोरलाई साथ दिइसकेको कांग्रेसले सोमबारमात्र उनलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको हो।नाउपाकै रञ्जिता श्रेष्ठ चौधरी पक्षले सुदूरपश्चिमको मुख्यमन्त्रीमा कैलाश चौधरीलाई अघि सारेको छ।

Skip This
Skip This
Logo