सुहाङको जिम्मा म लिन्छु, भोट सूर्यलाई दिनुस्: अध्यक्ष ओली

सुहाङको जिम्मा म लिन्छु, भोट सूर्यलाई दिनुस्: अध्यक्ष ओली

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई भोट दिन आग्रह गरेका छन्।

बुधबार इलामको एक चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउँदो उपनिर्वाचनमा एमाले उम्मेद्‍वार सुहाङको जिम्मेवारी आफूले लिने र भोट सूर्यलाई दिन आग्रह गरेका हुन्।

‘इलामको चौतर्फी विकास नेकपा एमालेले गर्छ । सुहाङको जिम्मा म लिन्छु, भोट सूर्यलाई दिनुस्’, उनले भने,‘पैसा कमाउने भए यो उकालो ओरालो किन कुद्नुपर्थ्यो, सोफामा बसेर एक दुई वटा मुद्दा हेरेर पनि कमाउन सक्थे। इलाम बनाउने अभियानलाई पूर्णता दिन भनेर सुहाङ उम्मेदवार बनेका हुन्। सुहाङले हार्दा सुहाङलाई घाटा हुँदैन, इलामलाई हुन्छ।’

Logo