ओली र प्रचण्डले आलोपालो प्रधानमन्त्री खाने शर्तमा गठबन्धन बनाएको नेकपा एसको निर्णय

ओली र प्रचण्डले आलोपालो प्रधानमन्त्री खाने शर्तमा गठबन्धन बनाएको नेकपा एसको निर्णय

केन्द्रबिन्दु
392
Shares

काठमाडौं । एकीकृत समाजवादी (एस)ले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोपालो प्रधानमन्त्री खाने शर्तमा गठबन्धन बनाएको निर्णय गरेको छ।

बुधबार बसेको नेकपा एसको सचिवालयको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्री खाने शर्तमा गठबन्धन बनाएको निर्णय गरेको बताए।

‘केपी ओली र प्रचण्डले एक अर्कालाई बार्गेनिङ गर्दै आलोपालो प्रधानमन्त्री खाने शर्तमा यो गठबन्धन बनाउनुभएको छ। मन्त्री कसको कति भन्ने उहाँहरूले टुंगो गर्नुभएको छ। त्यो भन्दा ठूलो बार्गेनिङ के होला अरु ? संयुक्त सरकार बनाउने भनेपछि त्यहाँभित्र सबैले पद र अवसरहरूको विषयमा बाँडफाँट गर्छन्। हामी पनि समीकरणमा सहभागी दल भएकाले माग गर्छौँ। केपी ओलीले हामीलाई गाली गरेको एक पटक मात्रै होइन, हजारौँ पटक गरिसक्नुभएको छ,’ उनले भने।

Logo