‘नाकाबन्दी भारतले गरेको भए त भइहाल्थ्यो नि! नगरेर पो बिगार्‍यो त हामीलाई!’

‘नाकाबन्दी भारतले गरेको भए त भइहाल्थ्यो नि! नगरेर पो बिगार्‍यो त हामीलाई!’

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले भारतले नाकाबन्दी नगरेर बिगारेको टिप्पणी गरेका छन्।

बुधबार आफ्नै पुस्तक ‘अधुरा क्रान्ति’ विमोचनमा समारोहमा महतोले भारतले नाकाबन्दी नगरेर बिगारेको टिप्पणी गरेका हुन्।

उनले भने,‘जति आयात अन्य समयमा भएको थियो, त्यति नै नाकाबन्दी भएको बेला पनि आयात भएको देखिन्छ। त्यतिबेलाको राष्ट्र बैंकको रिपोर्टले त्यही भनिरहेको छ। वीरगञ्जबाहेक अन्य नाका त खुलेकै थियो। वीरगञ्ज नाकामा हजारौं मधेसी जनता उपस्थित भएको र बुलडोजर लगाएर हटाउने अवस्था नभएकाले नाकाजाम भएको हो। त्यही भएर वस्तु आयात भएन। अन्य नाकाबाट ग्यासका बुलेट आएकै हो त! भारतले नाकाबन्दी गरेको भए त्यत्रो सामान कसरी आयो? नाकाबन्दी भारतले कसरी लगायो? नाकाबन्दी गर्‍यो, नाकाबन्दी गर्‍यो! हामी पनि परेशान, भारत पनि परेशान! नाकाबन्दी भारतले गरेको भए त भइहाल्थ्यो नि! नगरेर पो बिगार्‍यो त हामीलाई!’

Logo