सभापति देउवा र अध्यक्ष नेपालबिच भेटवार्ता: नयाँ सरकार निर्माणबारे छलफल

सभापति देउवा र अध्यक्ष नेपालबिच भेटवार्ता: नयाँ सरकार निर्माणबारे छलफल

केन्द्रबिन्दु
224
Shares

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ।

बुधबार साँझ एक कांग्रेस नेताको घरमा उनीहरूबिच समसामयिक राजनीतिक विषयका साथै नयाँ सत्ता समीकरण निर्माणको विषयमा प्रारम्भिक छलफल भएको बताइएको छ।

सुदूरपश्चिम प्रदेश सरकारमा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन अनइच्छा देखाएसँगै नयाँ सत्तासमिकरण निर्माणका लागि छलफल भएको छ।

सुदूरपश्चिममा प्रदेश प्रमुख नजिर मियाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न दिएको समयसीमा आज सकिदैँछ। त्यसका लागि नागरिक उन्मुक्ति, एकीकृत समाजवादी र कांग्रेस मिले स्पष्ट बहुमत पुग्ने, सुदूरपश्चिमका साथै बागमती र मधेस प्रदेशमा पनि सरकार बनाउन सकिने विषयमा छलफल भएको बताइएको छ।

एकीकृत समाजवादी र कांग्रेस मिलेको खण्डमा मधेस प्रदेश सरकारपनि संकटमा आउँदा केन्द्रीय सत्ता समीकरणबाट जनता समाजवादी पार्टी नेपालपनि बाहिर आउन सक्नेबारे छलफल भएको बुझिएको छ।

जनता समाजवादी सरकारबाट बाहिर आउँदा केन्द्रमा पुष्पकमल दाहाल नेतृत्वको सरकारपनि अल्पमतमा पर्ने, कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी मिलेर नयाँ सत्ता समीकरण निर्माणका लागि मार्ग प्रसस्त हुने विषयमा उनीहरूबिच छलफल भएको बताइएको छ।

बुधबारको भेटपछि सभापति देउवाले अहिले आफ्नो निवास बुढानिलकण्ठमा कांग्रेसका शीर्ष नेता र पदाधिकारीसँग छलफल गरिरहेका छन्।

Logo