काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त भएका छन्।
सोडारीलाई केही बेर अगाडि प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
एकीकृत समाजवादीबाट आजै मुख्यमन्त्रीमा दाबी पेस गरेका सोडारीलाई एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षको समर्थन रहेको छ।
एमालेले सोडारीलाई समर्थन गर्न अनिच्छा देखाए पनि सत्ता गठबन्धन जोगाउनका लागि अन्तिममा समर्थन गर्न तयार भएको थियो।
उनले आजै प्रदेश प्रमुख समक्ष शपथ गर्ने तयारी गरेका छन्।
सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।
तर, प्रदेश प्रमुख मियाँले दुबै दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै पुनः मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए।





























प्रतिक्रिया