सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा

सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा

केन्द्रबिन्दु
30
Shares

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा गरेकी छिन्। मन्त्रीको शपथ लिन बिहीबार प्रदेश प्रमुखको कार्यालय पुगेकी उनी मन्त्रालयको टुङ्गो नलागेको भन्दै शपथ नलिई फर्केकी हुन्।

मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रालय फुटाएर पछि जिम्मेवारी दिन्छु भनेपछि टीकाले शपथ नलिई सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेकी हुन्।

मुख्यमन्त्री सोडारीले कैलाश चौधरी र अर्का सांसद टीका थापालाई तत्काल विना विभागीय मन्त्रीको शपथ खुवाउन खोजेका थिए। तर थापाले शपथ लिन नमानेपछि स्थिति तनावपूर्ण बनेको थियो।

Skip This
Skip This
Logo