आरजु राणाले हालिन् सांसद अमरेशविरुद्ध गालीगलौज मुद्दा

आरजु राणाले हालिन् सांसद अमरेशविरुद्ध गालीगलौज मुद्दा

केन्द्रबिन्दु
33
Shares

काठमाडौं। कांग्रेस नेतृ एवं कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध गालीगलोज मुद्दा हालेकी छन्। आफूविरुद्ध निरन्तर सार्वजनिक सञ्चारमाध्यमबाट गालीगलौज अफवाहपूर्ण अभिव्यक्ति दिएको भन्दै राणाले गत चैतमै जिल्ला अदालत, काठमाडौंमा गालीगलाैज मुद्दा दायर गरेकी हुन्।

सिंहले आफ्नो सार्वजनिक प्रतिष्ठामा आँच आउने गरी झुठा कुरा बोल्दै हिँडेको राणाको दाबी छ। मुद्दाको साक्षीबकपत्र बिहीबार भएको छ। २०७९ मंसिरमा भएको चुनावमा कांग्रेसबाट आफ्नो टिकट काटिएपछि सिंहले राणाविरुद्ध अभिव्यक्ति दिँदै आएका छन्।

Logo