सुदूरपश्चिम: सोडारी मुख्यमन्त्रीको शपथ लिएकै भोलिपल्ट अल्पमतमा

सुदूरपश्चिम: सोडारी मुख्यमन्त्रीको शपथ लिएकै भोलिपल्ट अल्पमतमा

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । सुदूपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा (एकिकृत समाजवादी) प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी सपथ लिएकै भोलिपल्ट अल्पमतमा परेका छन्।

नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ खेमाका एक जना प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिएको घोषणा गरेपछि सोडारी अल्पमतमा परेका हुन्।

मन्त्री पदको शपथका लागि प्रदेश प्रमुखको कार्यालय बोलाएको तर बिना विभागीय मन्त्री बनाउने र मन्त्रालय फुटाएर विभाग तोक्ने भनेर अपमान गरेको भन्दै प्रदेश सभा सदस्य टीका थापाले समर्थन फिर्ता लिएको घोषणा गरेकी हुन्।

‘मलाई मन्त्रीको सपथ खाने भनेर प्रदेश प्रमुखको कार्यालय बोलायो, पछि बिना विभागीयमा शपथ खान भनियो। मन्त्रालय तोडफोड गरेर विभाग तोक्ने भनियो। मलाई अपमान महसुस भयो, प्रदेश संरचनाका बारेमा जनता निरास रहेका बेला मन्त्रालय तोडेर मन्त्री खान मन लागेँन, त्यसैले सोडारीलाई दिएको समर्थन फिर्ता लिएको छु,’ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

सोडारी माओवादीका १०, एमालेका १०, समाजवादीका ४, स्वतन्त्र १ र २ जना नागरिक उन्मुक्ति (रञ्जीता पक्ष) का गरी २७ जनाको बहमुत पाउने भन्दै सरकारमा गएका थिए ।

Skip This
Skip This
Logo