कोशी: संकल्प प्रस्ताव पारित

कोशी: संकल्प प्रस्ताव पारित

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हटाउने प्रयोजनका लागि पेश गरिएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ।

नेकपा (एमाले) र माओवादी केन्द्रलगायतका दलले संकल्प प्रस्ताव बिहीबार पेस गरेका थिए।

ध्वनीमत विभाजनबाट प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टले संकल्प प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए।

बिहीबार बसेको बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले संकल्प प्रस्ताव पेस गरेका हुन्।

ध्वनि संकल्प प्रस्ताव पास भएपछि मत विभाजनको माग हुँदा पक्षमा ५२ जना प्रदेशसभा सदस्य उभिएका हुन्।

Logo