कांग्रेसको खुलासा: सरकारको विकल्पबारे एमालेले छलफल थालिसकेको छ

कांग्रेसको खुलासा: सरकारको विकल्पबारे एमालेले छलफल थालिसकेको छ

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । नेपाली कांग्रेसले अहिलेको सरकारको विकल्पबारे सत्ता गठबन्धनको प्रमुख घटक एमालेले नै विकल्प खोजिरहेको खुलासा गरेको छ।

शुक्रबार नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलनमार्फत पार्टीको धारणा राख्दै वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारको विकल्पबारे सत्ता गठबन्धनको प्रमुख घटक एमालेले नै विकल्प खोजिरहेको खुलासा गरेका हुन्।

उनले भने,‘यो सरकारप्रति जनतामा कुनै आशा छैन, न उत्साह नै छ। यसको विकल्प खोज्नुपर्छ भनेर कांग्रेसले मात्रै भनेको होइन, सत्तामै भएका दलहरू र स्वयम् एमालेले समेत यो सरकारको विकल्पबारे छलफल थालिसकेको छ।’

यस्तै, उनले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएकोहुँदा प्रहरीले गृहमन्त्रीलाई नचिनेको बताए। उनले भने,‘प्रहरीले अनुसन्धान गरेको छ, तर रवि लामिछाने दोषी देखिए पनि नचिनेको कुरा आएको छ। गृहमन्त्रीलाई प्रहरीले चिन्ने कुरै भएन, हामीले त्यहीकारण यथार्थ के हो? त्यसबारे फरक संरचनाबाट अनुसन्धान गरौँ भनेका हौँ।’

Logo