रन्जितालाई रेशमले भने: रन्जु, तिमी सिद्धिनु भनेको म सिद्धिनु हो

रन्जितालाई रेशमले भने: रन्जु, तिमी सिद्धिनु भनेको म सिद्धिनु हो

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष तथा श्रीमती रन्जिता श्रेष्ठ चौधरीलाई पार्टीका संरक्षक एवं श्रीमान रेशमलाल चौधरीले रन्जितालाई तिमी सिद्धिनु भनेको म सिद्धिनु हो भन्दै वार्तालाप गर्न आग्रह गरेका छन्।

शनिबार फेसबुकमा स्टाटस लेख्दै रेशमले रन्जितालाई आफूहरूलाई सिद्धयाइरहेको भन्दै तिमी सिद्धिनु भनेको म सिद्धिनु हो भन्दै वार्तालाप गर्न आग्रह गरेका हुन्।

उनले लेखेका छन् :

शान्त तलाउमा ढुंगा हानेर तरंगित बनाउनेहरु सबको पहिचान छ । कसको स्वार्थ कहाँ र के का लागि छ त्यो पनि थाहा छ ।
यो सबलाई नजिकैबाट मैले पनि नियालिरहेको छुँ तर बोलेको छैन । मेरो चरीत्र हत्या हुनेगरी पोष्टिएका अक्षरको जरुर हिसाब होला ।
प्यारी रन्जिता, मैले तिमिलाई मुद्दा हालेको होइन,निर्वाचन आयोगलाई हो । अदालतले कारण देखाउ आदेश जारिगर्दा निर्वाचन आयोगको जवाफमा तिमिलाई पनि सोध्ने आदेश गरेको मात्रै हो । तिललाई पहाड बनाउनु हुन्न,समाजमा धेरै जान्ने बुझ्ने मान्छे छन् ।
केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर तिमिले बुझेनौ ।
तिमी सोझी र अन्जान छ्यौ तर मुडि छ्यौ भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए ।
१. माननीय इन्दिरा गिरिलाई कार्वाही गर्न उक्साए ।
२. माननीय घनश्याम चौधरीलाई संसदीय दलको नेताबाट हटाउन लागाए ।
३. तिमिलाई उकासी उकासी पत्र माथी पत्र काट्न लगाए ।
यो सब गराउनेलाई भोलिको परिणाम थाहा थियो । यिनले हाम्रो संवादलाई कसरी रोक्न सकिन्छ,अहिले पनि रोक्ने प्रयत्न गरिनै राखेका छन् । तर अब रोकिनुहुन्न । संवादको सुरुवात गरे दुबैको मन हल्का होला ।
नबिर्सनु रन्जिता, यिनले हामिलाई राम्रो नाच्यो भनेर थपडी बजाए जस्तो नाटक मात्रै गरेका हुन् । वास्तवमा यिनले हामी दुबैलाई नङ्ग्याई राखेका मात्रै हुन् ।
सरल तरिकाले बुझ तिमी,मैले निर्वाचन आयोगको फैसला अदालत भन्दा गम्भीर र त्रुटिपूर्ण देखेपछी त्यसको प्रतिवाद मात्रै गरेको हुँ । सबका सामु अध्यक्ष स्विकारेको छुँ,तिम्रो मानमर्दन गरेको छैन । तिमिले यत्ति बुझ्नु रन्जु,हाम्रो पार्टी काठमाडौंमा एमाले र टीकापुरमा माओवादी किन बन्छ ? यो दुबै नबनेर नागरिक उन्मुक्ति पार्टी मात्रै बनोस् भन्ने मेरो चाहना हो ।
तिमिले बुझ्नु, यो चटकेहरुले हिजो म निर्दोष छ भन्दै मेरो गीत बजाएर भोट मागे,आज किन मलाई दोषी करार गरेर जेल हाल्ने षड्यन्त्र गर्दैछन् । मैले त राम्रोसँग बुझेको छुँ रन्जु,तिमी सिद्धिनु भनेको म सिद्धिनु हो तर तिमिले बुझेकी छ्यौ कि छैनौ,म सिद्धिनु भनेको तिमी पनि सक्किनु हो ?
हाम्रो आन्तरिक भेद बाहिर निकाल्न खोल्नेहरु दुबैका होइनन् । हामी सचेत रहनुपर्छ ।
तिमिलाई मेरो सुझाव छ रन्जु,अहिले केहिदिन ३ तत्वबाट टाढा रहनु,
१. छोरी भन्नेसंग
२. भाउजू भन्नेसंग
३. भान्जी भन्नेसंग
यी ३ को खेलबाट बच्नु कल्याण आफै हुन्छ ।
जसले तिमिलाई मन्त्री ज्यु भन्छ त्यो चाहिँ तिम्रो असलि कार्यकर्ता हो ।
अहिले म काठमाडौंमा केवल तिमी भेट्ने उद्धेश्यले मात्रै आउँदैछु । केवल २ जनाको मात्रै वार्तालाप होस् । एक आपसमा मन माझौँ । मिल्दा पनि मनैले मिलौं,छुट्टिदा पनि जग नहँसाएर छुट्टिऔं । हाम्रा सन्तान इष्टमित्र सबैलाई आहट भएको छ । यसैमा दुबैको भलाई छ र पार्टीको कल्याण पनि ।
जय नागरिक ।

Logo