नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बुधबार) फेरि बस्ने भएको छ । मंगलबार बसेको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएपछि आज दिउँसो १२ बजेका लागि पुन: बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुको जिम्मेवारी बाँडफाँटको विषयमा छलफल भए पनि निर्णय हुन नसकेपछि आज फेरि बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनले आजको सचिवालय बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुको जिम्मेवारी टुंग्याउने गरी छलफल हुने जानकारी दिए ।
हिजोको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँडका विषयमा कुरा नमिलेपछि थप छलफल गर्न भन्दै बैठक आजका लागि सारिएको हो ।































प्रतिक्रिया