नेपाललाई प्रचण्डको जवाफ- एकता बचाउन सकिएन भन्दैमा पछाडि हट्नुहुँदैन [भिडियाेसहित]

नेपाललाई प्रचण्डको जवाफ- एकता बचाउन सकिएन भन्दैमा पछाडि हट्नुहुँदैन [भिडियाेसहित]

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जवाफ फर्काउँदै अघिल्लो नेकपाको एकता बचाउन नसकिएको र एकपटकको प्रयोग असफल भयो भन्दैमा त्यसबाट पछाडि नहट्नुपर्ने बताएका छन्।

सोमबार नेकपा स्थापना दिवसका अवसरमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अघिल्लो नेकपाको एकता बचाउन नसकिएको र एकपटकको प्रयोग असफल भयो भन्दैमा त्यसबाट पछाडि नहट्नुपर्ने बताएका छन्।

उनले भने, ‘अघिल्लो एकता बचाउन सकिएन, तर एकपटकको प्रयोग असफल भयो भन्दैमा हामी त्यसबाट पछाडि हट्नु हुँदैन। राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुढृढीकरणका लागि, जनताको समस्या समाधानका लागि समाजवादको विकल्प छैन। समाजवादको विकल्प छैन। जजसले समाजवाद नै अबको क्रान्ति मान्छौँ, अब सैद्धान्तिक र वैचारिक रुपले ती सबै कुनै न कुनै रुपमा सहकार्यमा, एकतामा जान पहल गर्नैपर्छ।’

यस अगाडि सोही कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डकै अगाडि अहिलेको सत्ता गठबन्धन कति दिन टिक्ने टुङ्गो नभएको दाबी गरेका थिए। उनले भनेका थिए, ‘परिस्थिति जटिल छ। छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ। यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुङ्गो छैन। त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुहुनेछ। मैले दिन सक्दिन। तर पनि अलिअलि भन्न सक्छु। परिस्थिति सहज छैन। हामी सहज मानिरहेका छैनौँ। सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ।’

Logo