कतारका अमिरको भ्रमणमा मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

कतारका अमिरको भ्रमणमा मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

केन्द्रबिन्दु
98
Shares

सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने दिन भोलि मंगलबार सार्वजनिक बिदा निर्णय गरेको हो ।

कतारका अमिर शेख थानीले पहिलाेपटक यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका छन् । भ्रमणका अवसरमा अमिर शेख थानीले राष्ट्रपति पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गर्नेछन् । वार्तापछि, दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन्। कतारका अमिर थानी सोही दिन काठमाडौंबाट प्रस्थान गर्नेछन् ।

बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

Logo