अध्यक्ष ओलीको प्रश्न: अहिले नै एकीकरण गरौँ भन्ने हो भने फुटेका किन थियौँ?

अध्यक्ष ओलीको प्रश्न: अहिले नै एकीकरण गरौँ भन्ने हो भने फुटेका किन थियौँ?

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले नै एकीकरण गरौँ भन्ने हो भने फुटेका चाहि किन थियौँ भन्दै प्रश्न गरेका छन्।

एमालेले नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सोमबार आयोजना गरेको हीरक महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले नै एकीकरण गरौँ भन्ने हो भने फुटेका चाहि किन थियौँ भन्दै प्रश्न गरेका हुन्।

‘अहिले हामी विभाजनको बाटोबाट माथि उठेका छौँ, अघि प्रचण्डजीले भनेजस्तै हामी पार्टी एकीकरण गरिहालौँ, पार्टी एकता भइहाल्छ भन्ने कुरा त्यो व्यक्तिगत आकांक्षा मात्रै हुनसक्छ। त्यसैले अहिले सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौँ। त्यसपछि मात्रै एकताको बिन्दुमा पुग्न सक्छौँ। तर, अहिले नै एकीकरण गरौँ सबै देशभरीका मिलौँ भन्ने हो भने फुटेका किन थियौँ? के भएर फुटेका थियौँ भन्ने प्रश्न उठ्छ। अहिले सहकार्यको लागि सहमतिबाट जाऔँ,’ उनले भने।

Logo