काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कांग्रेसले अहिले नै वैकल्पिक सरकार बनाउनका लागि कुनै गृहकार्य नगरेको दाबी गरेका छन्।
सोमबार सुनसरीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रवक्ता महतले कांग्रेसले अहिले नै वैकल्पिक सरकार बनाउनका लागि कुनै गृहकार्य नगरेको दाबी गरेका हुन्।
उनले भने,‘नेताहरूले विभिन्न कुरा उठाउनुभएको छ। कसैले एमालेसँग मिलौं पनि भन्नुभएको छ। सबैको विचारहरू आइरहेका छन्। कसैले कांग्रेसको नेतृत्वमा बहुमत आउनेगरी आगामी चुनाव पर्खिनुपर्छ भन्ने कुरा पनि छ। हामीले अहिल्यै वैकल्पिक सरकार बनाउने कुराको गृहकार्य गरेका छैनौँ। अविश्वास र विरोधाभासका कारण यो सरकारको आयु आफैँ छोटिँदैछ।’





























प्रतिक्रिया