राजीनामा खल्तीमा बोकेर हिँडेका छौँ: गृहमन्त्री लामिछाने

राजीनामा खल्तीमा बोकेर हिँडेका छौँ: गृहमन्त्री लामिछाने

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काम गर्न नपाइएको दिन सरकारबाट बाहिरिने भन्दै राजीनामा खल्तीमा बोकेर हिँडेको दाबी गरेका छन्।

मंगलबार इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछाने काम गर्न नपाइएको दिन सरकारबाट बाहिरिने भन्दै राजीनामा खल्तीमा बोकेर हिँडेको दाबी गरेका हुन्।

‘१०० दिनमा हामीले लिएका प्रत्येक मन्त्रालयसँग देखाउने १०० वटा कामको सूची हुन्छ। कतिपय काम शान्त भएर गर्नुपर्ने रहेछ। गृह मन्त्रालय अलिकति संवेदनशील भएकाले यहाँ भइरहेका कामबारे मैले बताउन मिल्दैन। तर, नतिजा आएपछि सबैलाई थाहा हुन्छ,’ उनले भने, ‘काम गर्न नसकेको दिनमा, काम गर्न नपाएको दिनमा सरकारमा टाँसिएर झुन्डिएर बस्ने हाम्रो स्वभाव होइन। काम गर्न पाइएन भने डेट मात्र लेख्न मिल्ने गरेर राजीनामा खल्तीमा बोकेर हिँडेका छौँ हामी सबै मन्त्रीहरू। जुको टाँसिएझैँ टाँसिने र प्रधानमन्त्रीले गलहत्त्याएर निकाल्नुपर्ने अवस्था रास्वपाको हुँदैन।’

Logo