कतारका राजालाई स्वागत छ, नेपालको राजसंस्था पुनःस्थापना गरौँ: अध्यक्ष लिङदेन

कतारका राजालाई स्वागत छ, नेपालको राजसंस्था पुनःस्थापना गरौँ: अध्यक्ष लिङदेन

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले कतारका अमिरलाई नेपालमा स्वागत गर्दै नेपालको राजसंस्था पुनःस्थापनाका लागि आह्वान गरेका छन्।

मंगलबार नेपाल आउन लागेका कतारका अमिरलाई नेपालमा स्वागत गर्दै नेपालको राजसंस्था पुनःस्थापनाका लागि अध्यक्ष लिङदेनले आह्वान गरेका हुन्।

‘लाखौँ नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमीम विन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ। कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१तोपको सलामी दिईने कार्यक्रम छ। नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ। यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो,’ उनले भने, ‘त्यसैले हिनताबोध नगरौँ! नवीन समझदारी गरौँ! नेपालको हिजोको अन्तर्राष्ट्रिय गौरव पुनर्स्थापित गर्न अभिभावकीय राजसँस्थाको पुनःस्थापना गरौँ!’

Logo