चर्चित कोइराला निवासमा के छ ? (भिडियो रिपोर्ट)

चर्चित कोइराला निवासमा के छ ? (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । हिन्दूहरुको पशुपतिनाथ र मुसलमानहरुका लागी घण्टाघर छेउको जामे मस्जित भएजस्तै कांग्रेसजनकालागी विराटनगरको कोइराला निवास हो कि होइन ? यो भिन्न प्रश्न हो । तर कोइराला निवास सवैकालागी ऐतिहासिक घर चाहिं पक्कै हो । त्यही घर केही समयदेखि थप चर्चामा आएको छ । सरकारले घरलाई दिँदै आएको सुरक्षाकर्मी एकाएक हटाइदिएपछि देशभरीका कांग्रेसजन क्रोधित बनेका छन् । उनीहरुले आफूहरुको आस्थामाथि सरकारले धावा बोलेको निश्कर्ष निकालेका छन् ।

विभिन्न समयका तीन प्रधानमन्त्री दिने निवासलाई दुई दशकदेखि सशस्त्र प्रहरीको एक टुकडीले सुरक्षा दिँदै आएको थियो । सशस्त्र द्वन्द्वका बेला २०५४ सालमा निवासको एक छेउमा सुतली बम विस्फोट गराइएपछि सशस्त्र प्रहरीले सुरक्षा दिन थालेको थियो ।

‘मानिस काम गरेर मर्दैन । तर खान पाएन भने मर्छ’ भन्थे वीपी कोइराला । यस घरमा तिनै पूर्व प्रधानमन्त्री तथा कांग्रेसका पूर्व सभापति समेत रहेका विचारक कोइरालाले जीवनका धेरै तथा महत्वपूर्ण बर्ष विताएका थिए । यस निवासका भित्ताहरुमा टाँगिएका चिठीपत्र र उपदेशहरुवाट वीपी अहिले पनि पुग्नेहरुसँग सम्बाद गरिरहेका हुन्छन् । थप भिडियो रिपोर्टमाः

https://www.youtube.com/watch?v=fibf6CVg6SE

Logo