‘ढाकारामलाई आरोप लाग्दा बरखास्त गर्ने अनि आफूलाई लाग्दा छानबिन गर्नु नपर्ने ?’

‘ढाकारामलाई आरोप लाग्दा बरखास्त गर्ने अनि आफूलाई लाग्दा छानबिन गर्नु नपर्ने ?’

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का पैसा मागेको अडियो कारण सांसद पद गुमाएका ढाकाराम श्रेष्ठलाई आरोप लाग्दैमा पदबाट बर्खास्त गर्ने रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि आरोप लाग्दा छानबिन गर्नु नपर्ने भन्दै प्रश्न गरेका छन्।

मंगलबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।

‘गृहमन्त्रीलाई सहकारी ठगीको दोषी नै हो भन्दिनँ, यति भन्छौँ तपाईंको विषयमा उठेका प्रश्नको गम्भीर छानबिन हुनुपर्छ। ढाकाराम श्रेष्ठले दुर्गा प्रसाईँसँग दुई करोड मागे रे कुनै प्रमाण थिएन, कुनै डकुमेन्ट थिएन, उनलाई सांसद पदबाट बर्खास्त गर्न लेखेर दिए। ए कस्तो लोकतन्त्र? कस्तो न्याय? सांसदलाई आरोप मात्रै लाग्दा उसको पद बर्खास्त गर्नुपर्ने, अनि सभापतिको सन्दर्भमा दर्जनौँ प्रमाणहुँदै गर्दा छानबिन गर्नुपर्दैन भन्ने यो कस्तो लोकतान्त्रिक पद्धति हो?,’ उनले भने।

Logo