पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनिय: उपाध्यक्ष भुसाल

पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनिय: उपाध्यक्ष भुसाल

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले विष्णुकुमारी वाइबा(पारिजात) साहित्यकार मात्र नभएर सामाजिक अभियान्ता र मानव अधिकारका लागि लड्ने एक योद्धा रहेकी बताएकी छिन्।

बुधबार राष्ट्रिय सभाहल काठमाडौंमा आयोजित ‘मैले चिनेको पारिजात’ नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी उपाध्यक्ष भुसालले पारिजातले श्रमजिवि वर्ग र उत्पीडित समूदायको पक्षमा कलम चलाएको बताइन्।

उनले भनिन्,‘पारिजात दिदी साहित्यकार त हुनुहुन्थ्यो नै। उहाँ सामाजिक अभियान्ता पनि हुनुहुन्थ्यो, मानव अधिकारका लागि लड्ने एक योद्धा हुनुहुन्थ्यो। मुलभूत रुपमा उहाँ चाँही श्रमजीबि वर्ग र उत्पीडित समूदायको पक्षमा हुनुहुन्थ्यो।’

आफूले लामो समयसम्म पारिजातसँग सहकार्य गरेको उल्लेख गर्दै भुसालले पृतिसत्तात्मक र सामाजिक न्यायमा पारिजातको योगदान अतुलनिय रहेको बताइन्।

उनले भनिन्,‘मेरो र पारिजातको राजनीतिक सहकार्य पनि छ। हामीले महिलामुक्तिको अभिन्न अंगका रुपमा सामन्तवाद, पृत्तसत्तावाद विरुद्धको समाजवादका लागि अखिल नेपालमा रही लामो समय सहकार्य गरेका छौँ।’

Logo