अहिलेको सरकार अस्थिर नभएको एमाले उपाध्यक्ष पौडेलको दाबी

अहिलेको सरकार अस्थिर नभएको एमाले उपाध्यक्ष पौडेलको दाबी

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार अस्थिर नभएको दाबी गरेका छन्।

हिजो साँझ अर्थमन्त्री वर्षमान पुनसँग आगामी बजेटका बारेमा भएको छलफल कार्यक्रममा अहिलेको सरकार अस्थिर नभएको र राजनीतिक अस्थिरता चाहनेहरुले फैलाएको हल्लाको दाबी गरेका हुन्।

उनले भने,‘सरकार अस्थिर छ भन्ने हल्ला चलाएर बजेट बनाउँदै गरेको अर्थमन्त्रीको मनोविज्ञानमा ‘देखा जाएगा’ भन्ने सोच उत्पन्न गराउन केही मानिसहरुले हल्ला चलाएर दबाब सिर्जना गर्ने प्रवृत्ति विगतदेखिकै हो। संसदमा कसैको पनि एकल बहुमत छैन। यो सरकार अस्थिर छ भन्ने खालको जसरी प्रचार भइरहेको छ। त्यो प्रचारबाट प्रभावित हुनुपर्ने कुनै कारण म देख्दिन। ढुक्क भएर बजेट निर्माणको काममा लाग्न अर्थमन्त्रीज्यूलाई मेरो आग्रह छ।’

Logo