राष्ट्रपति पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्न दिए स्वीकृति

राष्ट्रपति पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्न दिए स्वीकृति

केन्द्रबिन्दु
56
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले यही शनिबार हुन गइरहेकाे उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।उनले मन्त्रिपरिषद् बैठककाे सिफारिसअनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिएका हुन् ।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्वत्‌ २०८१ साल वैशाख १५ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम्‌ भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को मिति २०८१/१/१० को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को २०८१/१/१० को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको २०८१/१/१० को पत्रको आधारमा उल्लेखित कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ।’ विज्ञप्तिमा उल्लेख छ ।

यही वैशाख १५ गते इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा उपनिर्वाचन हुँदैछ । त्यसका लागि माैन अवधि पनि सुरु भइसकेकाे छ ।

हेर्नुहाेस्, पत्र-

Logo