इलाम २ मा हालसम्म ४२ प्रतिशत मतदान

इलाम २ मा हालसम्म ४२ प्रतिशत मतदान

केन्द्रबिन्दु
84
Shares

इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा हालसम्म ४२ प्रतिशत मतदान भएको छ । बिहान ७ बजदेखि जारी मदतानमा हालसम्म ४२ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साजनक रुपमा मतदान भइरहेको छ । यो निर्वाचनमा सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना कर्मचारी परिचालन भएका छन् ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघातका कारण निधन भएपछि रिक्त स्थानमा आज चुनाव भएकाे हो । यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूलगायत १९ जना चुनावी मैदानमा उत्रिएका छन् ।

Logo