इलाममा मतगणना सुरू

इलाममा मतगणना सुरू

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । इलाममा मतगणना सुरू भएको छ।

हिजो (शनिबार)इलाम-२ मा सम्पन्न उपनिर्वाचनको मतगणना सुरू भएको हो।

इलाम नगरपालिका–७ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना सुरू गरिएको निर्वाचन आयोगले जनाएको छ।

फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ नम्बर वडाको मत गणनाबाट सुरू भएको हो ।

आयोगका अनुसार सर्वदलीय बैठक बसेपछि मतगणना कार्य सुरू गर्ने गरिएको हो। बैठकमा निर्वाचनमा भाग लिएक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेद्‍वारका प्रतिनिधि सहभागी रहेका थिए।

शनिबार इलाम-२मा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो।

Logo