इलाम २ मा कांग्रेसलाई पछ्याउँदै एमाले, रास्वपाको अवस्था के छ ?

इलाम २ मा कांग्रेसलाई पछ्याउँदै एमाले, रास्वपाको अवस्था के छ ?

केन्द्रबिन्दु
238
Shares

इलाम–२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ ।

पछिल्लो अपडेटअनुसार फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मतगणना हुँदा कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता कायमै राखेका छन् ।

खड्काले एक हजार ७३० मत ल्याएका छन् भने एमाले उम्मेदवार सुहाङ नेम्वाङले एक हजार ६८० मत ल्याएर पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका डकेन्द्रसिंह थेगिमले ५०५ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ४९५ मत प्राप्त गरेका छन्।

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघातका कारण निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको हो ।

Logo