इलाम २ मा हजार मतले अघि लागे सुहाङ, अन्यकाे अवस्था के छ ?

इलाम २ मा हजार मतले अघि लागे सुहाङ, अन्यकाे अवस्था के छ ?

केन्द्रबिन्दु
294
Shares

इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता बनाएका छन् ।

इलाम क्षेत्र नम्बर २ फाकफोकथुम गाउँपालिका १, २, ३, ४ र ५ नम्बर वडाको मतगणना सकिँदा नेम्वाङले कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई झण्डै हजार मतले पछि पारेका हुन् । नेम्वाङले तीन हजार ७८३ मत पाउँदा खड्काले दुई हजार ७८२ मत पाएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७८४ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ५६१ मत पाएका छन् ।

Logo