अपडेटः बझाङमा १० हजार बढी मतगणना हुँदा कसले कति पाए ?

अपडेटः बझाङमा १० हजार बढी मतगणना हुँदा कसले कति पाए ?

केन्द्रबिन्दु
392
Shares

बझाङ प्रदेश सभा १ मा प्रदेश सभा सदस्यका लागि भएको मतदानको मतगणना जारी छ ।

१० हजार २५४ सदर मत मतगणना हुँदा नेकपा एमालेका दमनबहादुर भण्डारीले ३ हजार ७४८ मत ल्याएर अग्रता कायमै राखेका छन् । उनलाई नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ३ हजार १८२ मतका साथ पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २००६ मत पाउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११४० मत ल्याएका छन् । साथै राप्रपाका किशोरकुमार सिंहले ८५ मतमात्रै ल्याएका छन् ।

Logo