बझाङमा कांग्रेस २४१ मतले अगाडि

बझाङमा कांग्रेस २४१ मतले अगाडि

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । बझाङ प्रदेश सभा १ को १ मा उपनिर्वाचनको मतगणना कांग्रेस २४१ मतले अगाडि रहेको छ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेद्‍वार अभिषेकबहादुर सिंहले ८ हजार ४०६ मत पाएका छन्। यस्तै, दोस्रो स्थानमा रहेका एमाले उम्मेद्‍वार दमनबहादुर भण्डारीले ८ हजार १६५ मत प्राप्त गरेका छन्।

यस्तै, माओवादी केन्द्रका उम्मेद्‍वार जनक बुढाले ३ हजार ११३ मत प्राप्त गर्दा एसका उम्मेदवार दिलबहादुर सिंहले २ हजार २६६ मत प्राप्त गरेका छन्।

Logo