बझाङमा एमाले २ सय ८४ मतले पछाडि

बझाङमा एमाले २ सय ८४ मतले पछाडि

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । बझाङ प्रदेश सभा १ को १ मा उपनिर्वाचनको मतगणना एमाले २ सय ८४ मतले पछि परेको छ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेद्‍वार अभिषेकबहादुर सिंहले ८ हजार ९९७ मत पाएका छन्। यस्तै, दोस्रो स्थानमा रहेका एमाले उम्मेद्‍वार दमनबहादुर भण्डारीले ८ हजार ६९३ मत प्राप्त गरेका छन्।

यस्तै, माओवादी केन्द्रका उम्मेद्‍वार जनक बुढाले ३ हजार ५०९ मत प्राप्त गर्दा एसका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ३९२ मत प्राप्त गरेका छन्।

Logo