बझाङ(१)मा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

बझाङ(१)मा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

केन्द्रबिन्दु
700
Shares

बझाङ(१ प्रदेशसभा (क)मा भएको प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेकपा (एमाले)का दमनबहादुर भण्डारी निर्वाचित भएका छन् ।

सोमबार दिउँसो आएको मतपरिणामअनुसार एमाले उम्मेदवार भण्डारीले ११६१२ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत ल्याएका हुन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८३१ मतका साथ तेस्रो हुँदा नेकपा एसका दिलबहादुर सिंहले २ हजार ५१४ मत ल्याएर चौथो रहे ।

मत गणना सकिए पनि निर्वाचन आयोगले मत परिणाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको हो । शनिबार सम्पन्न उपनिर्वाचनमा यस क्षेत्रमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । तर, साविकको प्रदेशसभा सदस्य पद कांग्रेसले जोगाउन सकेन ।

Logo