इलाम २ मा सुहाङले कटाए १३ हजार मत, रास्वपालाई २ हजार कटाउनै मुस्किल

इलाम २ मा सुहाङले कटाए १३ हजार मत, रास्वपालाई २ हजार कटाउनै मुस्किल


प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाएका छन् ।

पछिल्लाे मतपरिणामअनुसार ३२ हजार १९४ मत गणना हुँदा एमालेका नेम्बाङले १३ हजार ६९ मत पाएका छन् । साथै नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ८हजार ३८६ मतसहित दोस्रो स्थानमा छन् । उनीहरुको मतान्तर ४६ सय बढी छ ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ८ हजार ९८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ७१३ मत प्राप्त गरेका छन् ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Skip This
Logo