इलाम २ मा सुहाङले कांग्रेससँग लिए ५ हजार ३०० बढी मतको अग्रता, रास्वपाले कति ल्यायो ?

इलाम २ मा सुहाङले कांग्रेससँग लिए ५ हजार ३०० बढी मतको अग्रता, रास्वपाले कति ल्यायो ?

केन्द्रबिन्दु
252
Shares

प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता कायमै राखेका छन् ।

देउमाई नगरपालिकाको एउटा वडाुसहत अन्तिम मत परिणाम आउँदा नेम्बाङले ५ हजार बढी मतको अग्रता लिएका हुन् । उनले १४ हजार ६१३ मत ल्याउँदा उनलाई पच्छ्याएका कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३११ मत पाएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ८ हजार ५७० मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले २ हजार ५७ मत प्राप्त गरेका छन् ।

Logo