इलाम २ मा १३ वडाकाे मत गन्न बाँकी रहँदा कसले कति मत पाए ?

इलाम २ मा १३ वडाकाे मत गन्न बाँकी रहँदा कसले कति मत पाए ?

केन्द्रबिन्दु
602
Shares

प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनको मतगणनामा जारी छ ।

इलाम २ का ४२ वडामध्ये अब जम्मा १३ वडा गन्न बाँकी रहँदा एमालेका सुहाङ नेम्वाङले फराकिलो अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १९ हजार ११४ मत पाएका छन् । दोस्रोमा रहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६७५ मत प्राप्त गरेका छन् । उनीहरुको मतान्तर ६ हजार ४३९ छ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले नौ हजार ४१० मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले ३ हजार २४२ मतसहित चौथो स्थानमा छन् ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

Logo