उपनिर्वाचनमा जमानत जोगाउन नसकेपछि रास्वपाले डाक्यो सचिवालय र केन्द्रीय समिति बैठक

उपनिर्वाचनमा जमानत जोगाउन नसकेपछि रास्वपाले डाक्यो सचिवालय र केन्द्रीय समिति बैठक

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको छ।

बैशाख १५ गते सम्पन्न उपनिर्वाचनको समिक्षा, सरकारको कामकारवाही र समसामयिक राजनीतिको विषयमा छलफलका लागि सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको रास्वपाले जनाएको छ।

सचिवालयको बैठक अगामी बैशाख २४ गते र केन्द्रीय समितिको बैठक २९ गते बस्ने बताइएको छ।

रास्वपा स्रोतका अनुसार केन्द्रीय समिति बैठकमा बैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा पार्टीले ब्यहोरोके पराजयको विषयमा गम्भीर छलफल हुने बताइएको छ।

सचिवालयको बैठकमा केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेन्डाको विषयमा छलफल हुने बताइएको छ।

सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट रास्वपाको तर्फबाट प्रतिनिधि सभा उम्मेद्‍वार रहेका मिलन लिम्बूले आफ्नो जमानतपनि जोगाउन सकेका थिएनन्।

Logo